प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंक बढेर २५६५.७७ को विन्दुमा आएको छ।

यस सेसनमा ९२ लाख २४ हजार ११५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४४ कम्पनीको ५ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ।