ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गरे ।

बैंकले यो अन्तर्राष्ट्रिय सम्मानलाई बैंकप्रति ग्राहक तथा सरोकारवालाहरूको विश्वास, टिमवर्क, नवप्रवर्तनको प्रतिफलका रूपमा लिएको बताएको छ ।

यो गौरवपूर्ण उपलब्धि बैंकको सम्पूर्ण परिवारका लागि महत्वपूर्ण क्षण भएको बताइएको छ ।

बैंकले आफ्ना ग्राहकहरू, कर्मचारीहरू, शेयरधनीहरू, सरोकारवालाहरू र नियामक निकायहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।