तोलामा ४८ सय रुपैयाँ घट्यो सुनको भाउ

 नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार हजार आठ सय र चाँदी ७५ रुपैयाँ घटेको छ । 

गत शुक्रबार प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार घटेर दुई लाख ५३ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यता, शुक्रबार प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ कायम भएको असली चाँदीको मूल्य आइतबार घटेर तोलामा तीन हजार दुई सय ७५ रुपैयाँ कायम भएको छ ।