प्रि ओपन सेसनमा ५.३१ अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.३१ अंक बढेर २६१०.२७ विन्दुमा पुगेको छ।

यस सेसनमा ४० लाख ६८ हजार २३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवभिभरमा ४० कम्पनीको ३ हजार ९६४ कित्ता सेयर खरिदबिक्री भएको छ। 

यस सेसनमा नेप्सेमा कारोबार भएकामध्ये २३ कम्पनीको मूल्य बढ्दा १५ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।