सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मुल्य तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको हो । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय थियो । आज एकै दिन तोलामा दुई हजार ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी तोलाको दुई हजार नौ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको मुल्य तोलाको दुई हजार नौ सय ६० रुपैयाँ थियो ।





