Zagraj na automatach online, gdzie najlepsze kasyno bitcoin oferuje ogromne jackpoty i niepowtarzalne bonusy, które zapewnią ci ekscytującą i niezapomnianą rozrywkę.

झिनो अंकले घटेर बन्द भयो सेयरबजार

बिहीबार नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ विन्दुमा आएको छ। 

आज तीन अर्ब २६ करोड रूपैयाँको कारोबार भएको छ। बुधबार चार अर्ब १२ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।

कारोबारमा आएका तीन सय २७  लगानी उपकरणमध्ये एक सय ५१ वटाको मूल्य बढेको छ, एक सय ६० वटाको घटेको छ भने बाँकीको मूल्य स्थिर छ|

यसदिन हिमस्टार कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर ६ सय ९३ रूपैयाँमा कारोबार भएको छ।

सिटी होटलको मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशतले घटेको छ। कम्पनीको सेयर ६ सय रूपैयाँमा कारोबार भएको छ। 

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३० करोड रूपैयाँको सेयर कारोबार भएको छ।