सेयरबजारमा आज ४ अर्ब १२ करोडको खरिदबिक्री भएको छ। बजार घटे पनि ९४ लाख कित्ता सेयर बिक्रीपछि उक्त परिमाणको कारोबार भएको हो।
यस दिन कारोबार मापक नेप्से भने २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा झरेको छ। बुधबार ५३ वटा सेयरको मात्रै मूल्य बढेका छन् भने १९३ वटाको घटेको र ५ वटाको अघिल्लो मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बुधबार माथिल्लो मैलुङ खोला र सिटी होटलका लगानीकर्ताले कमाएका छन्। दुवैको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले क्रमशः प्रतिकित्ता ६१ र ५९ रुपैयाँ आम्दानी गरेका हुन्।
त्यसैगरी हिमस्टार ऊर्जा कम्पनी, सिटिजन म्युचुअल फन्ड २ र भिजन लुम्बिनी ऊर्जा कम्पनीका लगानीकर्ताले पनि कमाएका छन्।
तर उन्नति सहकार्य लघुवित्त, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलगायतका लगानीकर्ताले भने अधिकतम ५.३८ प्रतिशतसम्म गुमाएका छन्।
आज युनियन हाइड्रोपावरको सर्वाधिक २२ करोडको कारोबार भएको छ। त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको १७ करोड र हिमालयन रि इन्स्योरेन्सको १३ करोडको कारोबार भएको छ।