नेप्सेमा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगित हुने भएको छ। नेप्सेले आइतबार सूचना सार्वजनिक गर्दै आजैदेखि नेपाल उक्त गणना विधि स्थगित गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा बोर्डले दिएको निर्देशनअनुसार नेप्सेले सो विधि स्थगन गर्ने निर्णय गरेको हो ।