नेप्से परिसुचमा लगातार तेस्रो नकारात्मक सर्किट लागेको छ । तेस्रो नकारात्मक सर्किट ब्रेक लागेर आजको लागि शेयर कारोबार स्थगित भएको छ ।
१२ः६ मा ६ प्रतिशतले सर्किट ब्रेक गर्दै नेप्से २५११ अंकमा झरेको छ । अथात् बजार १६० अंकले झरेको छ । यस अवधिमा १७ लाख कित्ता सेयर किनबेच भएको छ भने ७२ करोडको कारोबार भएको छ ।
जेनजी आनदोलनले सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा यस्तो गिरावट देखिएको हो ।
यसअिघ बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले गिरावट आएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो ।
पुनः ११ः२२ बजे बजार खुलेपछि ११ः२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागी कारोबार फेरि स्थगित भएको थियो ।





