शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि स्थगित

 जेनजी आन्दोलनपछि खुलेको शेयर बजारमा लगातार दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले ओरालो लाग्दा पहिलो सर्किट ब्रेक लागी बजार २० मिनेटका लागि बन्द भएको थियो ।

तर पुनः कारोबार सुरु हुनासाथ परिसूचक थप घट्दै ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लागेपछि बजार ४० मिनेटका लागि स्थगित भएको हो ।यससँगै नेप्से परिसूचक १३३ अंकले घटेर २५३८ मा झरेको छ । निरन्तर सर्किट ब्रेक लागेपछि लगानीकर्तामाझ थप त्रास सिर्जना भएको छ ।