सुनको भाउ हालसम्मकै उच्च

आज सुनको भाउले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो । हिजो प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । हिजो २३ सय ६० रुपैयाँमा कारोवार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भैइरहेको छ ।