२१.३० अंकले बढ्यो नेप्से, ५ अर्ब ७५ करोडको कारोबार

सेयरबजार आज २१.३० अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक नेप्से उक्त अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। 

यस दिन बजारमा ५ अर्ब ७५ करोडको कारोबार भएको छ। १ करोड कित्ता बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो। सोमबार १७९ वटा सेयरको मूल्य बढ्दा ७१ वटाको घटेको छ। 

नारायणी विकास बैंक, विकाश हाइड्रोपावर, सानाकिसान विकास लघुवित्त, नेपाल पुनर्बीमाको सेयर बढी दरले बढेका छन्। यी कम्पनीहरुको सेयर क्रमशः ९.९९, ९.९८, ५.२६ र ५.१० प्रतिशतले बढ्दा लगानीकर्ताले कमाएका छन्। 

तर आरबीबी म्युचुअल फन्ड, सिकलेस हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त, खानीखोला हाइड्रोपावरको सेयर भने क्रमशः ३.८७, ३.५४, ३.५०, २.६३ प्रतिशतले घटेको छ। 

सोमबार नेपाल पुनर्बीमाको ७६ करोडको, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, हिमालयन डिस्टिलरीको २० करोड र राधी विद्युतको १७ करोडको कारोबार भएको छ।