२३ सयले बढ्यो सुनको मूल्य

साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार अनुसार आज छापावाला सुन तोलामा  २३ सय रुपैयाँले हो । 
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यता आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।