तातोपानी नाका तर्फको सडक दुई सातादेखि ठप्प रहँदा नाडा अटो शोको मुख्य आकर्षण हुने भनिएको उड्ने कार बोकेरै काठमाण्डु ल्याइएको छ ।
कारलाई भरिया लगाइ बोकेर ल्याइएको नेपालका लागि दिपलका गाडी बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले जनाएको छ। उक्त उड्ने विद्युतीय कार भदौ ३ गतेदेखि काठमाण्डुको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा प्रदर्शन गरिनेछ ।
चांगन अटोमोबाइलको सब ब्रान्ड दिपलले बनाएको ‘अटोनोमस फ्लाइङ कार’ नाडा अटो शोमा राख्न लागिएको हो । जसलाई इलेक्ट्रिकल भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ ईभीटीओएल 0ई-भोल्ट) फ्लाइङ कार) समेत भनिन्छ ।
दीपल ब्राण्डले नेपालमा पहिलो पटक उड्ने कार ल्याएर इतिहास बनाएको छ ।
दुईजना वस्न मिल्ने यस कारलाई स्वचालित रुपमा उडाउन मिल्छ । एक पटकको फुल चार्जमा ३० किलोमिटर रेन्ज प्रदान गर्ने यस कारको स्पिड भने प्रति घन्टा १३० किलोमिटर मात्रै छ ।
यो कार दुई सिट क्षमताको छ, जसमा ८ वटा प्रोपेलर र ८ वटा इलेक्ट्रिक मोटरहरू छन्। साथै, सुरक्षाका लागि मल्टी प्यारासुट प्रणाली पनि जडान गरिएको छ। यसले शहरी हवाई यातायातलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।




