नेप्सेमा २.६२ अंकको वृद्धि, ७ अर्ब ४६ करोड माथिको कारोबार

साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८.३६ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । 

आज नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, पञ्चकन्यामाई हाइड्रोका लगानीकर्ताले ५.५६ प्रतिशत र कुमारी सबल योजनाका इकाईधनीले ४.६३ प्रतिशतका दरले कमाएका छन् । 

एनआइसी एशिया फे्लेक्सी क्याप फन्डका इकाईधनीले आज सर्वाधिक ८.३१ प्रतिशतका दरले गुमाए ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएनको ४१ करोड ७७ लाख रुपैयाँ र बलेफि हाइड्रोको ३६ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।