साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १३०० रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





