सुनको मूल्य घट्यो

 साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी मूल्य पनि बढेको छ । आज चाँदी २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।