साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १९०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो । यता आज चाँदी पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।





