शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (CIP)’ बाट सम्मानित

काठमाडौँ – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई नेपाल सरकारले ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (Commercially Important Person – CIP)’ बाट सम्मानित गरेको छ।

अध्यक्ष अग्रवालको उत्कृष्टताप्रतिको प्रतिबद्धता र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदानका कारण शिखर इन्स्योरेन्सले निरन्तर नयाँ उचाइ हासिल गरिरहेको कम्पनीले जनाएको छ।

यो सम्मानले अग्रवालको व्यावसायिक नेतृत्व र देशको आर्थिक विकासमा उनको भूमिकालाई थप कदर गरेको छ।