नेप्सेमा २२ अंकको वृद्धि, ७ अर्ब ४५ करोडको कारोबार

नेप्से परिसूचकमा आज बढेको छ । आज नेप्से २२.०४ अंकले बढेर २७०५. ९० विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज बरुण हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ६.२१ प्रतिशतले बढेको छ भने पन्चकन्यामाई हाइड्रोको सेयर मुल्य ४.२८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ४.४१ प्रतिशतले घटेको छ ।  

आज सबै भन्दा बढी कारोबार राढी विद्युत कम्पनिको ४६ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।