नेप्से ५.५७ अंकले घट्यो, २६७०.७० विन्दूमा कायम

साताको अन्तिम कारोबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले घटेको छ। 

बिहिबार उक्त अंकले घट्दा नेप्से २६७०.७० विन्दूमा झरेको छ। 

बुधबार सेयरबजार परिसूचक (नेप्से) १३.९० अंकले बढेको थियो। उक्त अंकले वुद्धि हुँदा नेप्से २६८०.५२ विन्दूमा पुगेको थियो। 

साथै आज परिसूचक घटे पनि कारोबार भने बढेको छ। हिँजो परिसूचक बढे पनि कारोबारभने घटेको थियो। आज ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयरकारोबार भएको छ। हिँजो  ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबारमा आएका ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटा कम्पनीको घटेको छ। एउटा कम्पनीको स्थीर रहेको छ। 

आज विकास बैंक,हाइड्रोपावर,लघुवित्त र म्युचुअल फण्डको सेयर बढेको छ भने वाणिज्य बैंक सहकारी होटल व्यवसाय लगायत क्षेत्रको सेयर घटेको छ।