वुमन्स डे कपको पहिलो खेलमा नेपालले आज नामिबियासँग खेल्दै

 आजदेखि युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप सुरु हुँदैछ ।

युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी–२०आई शृंखलामा आज दुई खेल हुँदै छन् ।पहिलो खेलमा युगाण्डा र हङकङ खेल्दै छन् । दोस्रो खेलमा नेपाल र नामिबिया खेल्ने छन् ।

नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ । नेपालले फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।