नेप्से १३.६२ अंकले घटेर २८७६.६६ को विन्दुमा कायम

साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६२ अंकले घटेर २८७६.६६ को विन्दुमा कायम भएको हो ।

सोमबार बजार खुल्नासाथ उच्च गतिमा बढेको नेप्से २९२६ अंकसम्म पुगेको थियो । त्यसपछि उतारचढाबपूर्ण रहेको बजार बन्द हुने समयमा आइपुग्दा २८७६ अंकमा अडिएको छ । सूचक सामान्य घटेपनि कारोबार रकमको साथ रहेकाले बजारमा पुन लयमा फर्किने आँकलन गरिएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १७ करोडले बढेको छ । 

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ । 

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको करिब साढे ३६ करोडको शेयर कारोबार भएको छ।