सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ

साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन तोलामा  ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला  १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।