आज फेरी बढ्यो सुनचाँदीको मूल्य

साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य आज बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी आज तोलामा  ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।