साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ९०० रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





