नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भयरहेको छ । यता आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





