सुनको भाउ १२०० रुपैयाँले घट्यो

साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापवााल सुन नेपाली बजारमा प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज तोलामा ६५ रुपैयाँले  घटेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।