साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ९.१९ अंक घटेर बन्द भएको छ ।
पछिल्ला २ कारोबार दिनदेखि घटिरहेको नेप्सेले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ९.१९ अंक घटेर २६१७.९५ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ४.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार बिहिबार ५ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ३२० स्टकको ५६ हजार ६४६ पटकको कारोबारमा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज नेप्से घटेपनि चार स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), रिभर फल्स पावर, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ उपसमूहमध्ये आइतबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।





