गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका बिहीबारदेखि खुला गरिएको छ ।
सम्पदा बचाउ अभियानकर्मीको समूहले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटी प्रहरी वृत्त गौशालासँगैको सो ढोका खोल्न अनुरोध गरेको थियो ।
अभियानकर्मी प्रकाश रायमाझी नेतृत्वको समूहको अनुरोधपछि कोषले हिजैदेखि प्रहरी वृत्ततर्फको बाहिरी ढोका खुला गरेको हो । करिब एक दशकदेखि यो ढोका बन्द थियो ।
अभियानकर्मीले विश्व सम्पदा क्षेत्रमा आफूखुसी जथाभावी नगर्न सुझाव दिएको रायमाझीले बताए ।





