नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तहरूबाट साना तथा मझौला उद्यममा प्रवाह भएका ३ करोड रुपैयाँसम्मको कर्जाको जोखिम भार ६० प्रतिशत तोकेको छ।
जोखिम भार भनेको बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा वा लगानीमा हुन सक्ने सम्भावित नोक्सानीको जोखिमलाई मापन गर्ने प्रतिशत दर हो। राष्ट्र बैंकले कर्जाको प्रकृति अनुसार यो भार तोक्छ, जसले बैंकहरूलाई लगानीको सुरक्षाअनुसार कति पुँजी जगेडा राख्ने भन्ने निर्धारण गर्न मद्दत गर्दछ। उच्च जोखिम भएका क्षेत्रमा लगानी कम गर्न र बैंकको वित्तीय स्वास्थ्य बलियो बनाउन जोखिम भारको व्यवस्था गरिएको हो।
क, ख र ग वर्गका बै.क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा थप गर्दै यस्तो ऋणको जोखिम भार तोकेको हो। तर यसका लागि निश्चित सीमा र शर्त भने तोकिएको छ।
नयाँ व्यवस्थाअनुसार त्यस्ता उद्यमहरु कृषि, सूचना प्रविधि वा उ्रत्पादनमूलक उद्योगहरुसँग सम्बन्धित हुनुपर्नेछ। त्यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सु्निश्चित भएको वा जमिन वा भवनको मूल्य स्वस्थ बजारमा कम्तीमा २५ प्रतिशत मार्जिनयुक्त हुनुपर्नेछ।
साथै परियोजना बीमा समेत गरिएको हुनुपर्नेछ। यस्तो अवस्थामा उक्त उद्यममा प्रवाहित कर्जाको जोखिम भार ६० प्रतिशत हुनेछ।




