आजदेखि सरकारी कार्यालय ९ देखि ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु सञ्चालनको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम हुनेछ ।


आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले आइतबार नै राजपत्रमा प्रकाशन गरी सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय यही चैत २३ गतेदेखि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम हुने जनाएको हो ।


तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गर्ने राजपत्रमा प्रकाशित छ ।