लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमा आएका उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।

केन्दीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ब्राउनसुगरसहित एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट एक जना, सोही नगरपालिकाको सडकघाट पीपलचौताराबाट तीन जना, वडा नं ८ बाट दुई जना, भीमदत्तनगरपालिका–११ बाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ बाट ब्राउनसुगरसहित दुई जना, धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट दुई जना, सोही उपमहानगरपालिकाको त्रिनगरबाट तीन जना, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ रमवापुरबाट दुई जना र पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कबाट एक जनालाई पक्राउ गरिएको उक्त समाचार कक्षले जनाएको छ ।