कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको नि*धन

6 3

▶कांग्रेसका पुराना नेता आमोद प्रसाद उपाध्यायको निधन भएको छ । मोरङको विराटनगर निवासी उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

२०५१ सालमा राष्‍िट्रय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री थिए । उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित उनी पुनर्स्थापित व्यवस्थापिका–संसदमा समेत क्रियाशील थिए ।

राजनीतिक संघर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका उपाध्यायले निर्वासित जीवन समेत बताएका थिए ।