एमाले उपमहासचिवमा शेरबहादुर तामाङको दाबी

 नेकपा एमालेका नेता शेरबहादुर तामाङले ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा दाबी पेस गर्ने भएका छन् । हाल स्थायी कमिटी सदस्य रहेका तामाङले अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिँदै उपमहासचिवमा दाबी गर्ने बताएका हुन् ।

‘महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ’, तामाङले बिहीबार निकटस्थहरूलाई एसएमएस पठाउँदै भनेका छन्, ‘हजुरको सहयोग तथा सुझावको हार्दिक अपेक्षा गर्दछु । हाम्रो सोलिडारिटी सधैँ रहनेछ ।’

मङ्सिर २७ देखि हुने एमाले महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र नेता ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अध्यक्षमा ओली र पोखरेलको प्रतिस्पर्धा हुने देखिएसँगै अन्य नेताहरू पनि ओली र पोखरेलको पक्षमा खुल्ने क्रम जारी छ ।