सुनको भाउ, कति पुग्यो ?

बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४३ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।