आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ असोज २६ गते आइतबार

इ.सं. :         12th October 2025 (Sunday)

सूर्योदय:       बिहान ६:०३ बजे

सूर्यास्त:        बेलुका १७:३६ बजे

तिथि :          षष्ठी १९:५० सम्म, तत्पश्चात् सप्तमी

पक्ष :            कार्तिक कृष्णपक्ष

नक्षत्र :          मृगशिरा १९:४९ सम्म, तत्पश्चात् आर्द्रा

योग :            वरियान् १७:४१ सम्म, तत्पश्चात् परिघ

करण :          गर ०८:५५ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि:       वृष ०८:३२ सम्म, तत्पश्चात् मिथुन

ऋतु :             शरद

अयन :           दक्षिणायन

आजको राशिफल


मेष राशि
पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ। व्यवसाय र अध्ययनमा अपेक्षाकृत मध्यम लाभ प्राप्त हुनेछ।

 
वृष राशि
आत्मबल र आत्मविश्वास उच्च रहने समय छ। नयाँ कार्य तथा अध्ययनमा उल्लेखनीय सफलता प्राप्त हुने सम्भावना छ।


मिथुन राशि
स्वास्थ्यमा कमजोरी र खर्चमा वृद्धि हुन सक्छ। अनावश्यक विवाद वा तनावपूर्ण परिस्थितिबाट टाढा रहनु हितकर हुनेछ।


कर्कट राशि
रोकिएको धन प्राप्त हुने सम्भावना छ। आयस्रोतमा वृद्धि र स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक समय रमणीय बन्नेछ।


सिंह राशि
पेशागत क्षेत्रमा सफलता र नयाँ अवसरको सुरुवात हुनेछ। मानसिक बोझ घट्नेछ र आर्थिक सबलता प्राप्त हुने समय छ।

 
कन्या राशि
सामाजिक तथा धार्मिक कार्यमा सफल परिणाम मिल्नेछ। स्वास्थ्य र आर्थिक अवस्था सामान्य रहला। अध्ययनमा अतिरिक्त ध्यान दिनु उपयुक्त हुनेछ।

 
तुला राशि
मन अशान्त रहन सक्छ। खर्च बढ्ने र विवाद उत्पन्न हुने सम्भावना छ। चोटपटक वा दुर्घटनाबाट बच्न सतर्कता आवश्यक हुनेछ।


वृश्चिक राशि
सम्बन्धमा सुधार आउनेछ। साझेदारीमा गरिएका कार्य लाभदायी बन्नेछन्। व्यवसाय र अध्ययन दुवै क्षेत्रमा प्रगति हुने सम्भावना छ।


धनु राशि
सानो प्रयासबाट ठूलो उपलब्धि प्राप्त हुनेछ। आर्थिक लाभसँगै आत्मविश्वास र उत्साहमा वृद्धि हुनेछ।

 
मकर राशि
रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोग र पारिवारिक समर्थन मिल्नेछ। बौद्धिक क्षमतामा वृद्धि हुनेछ।


कुम्भ राशि
तनाव र खर्च बढ्ने देखिन्छ। अनावश्यक यात्राबाट जोगिनुहोस् र अध्ययनतर्फ बढी ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ।


मीन राशि
मानसम्मान र सामाजिक प्रतिष्ठा वृद्धि हुने दिन छ। प्रशासनिक कार्य सफलतापूर्वक सम्पन्न हुनेछ।