बाढी पहिरोका कारण आज देशका तीन सडक अझै पूर्ण रुपमा अवरुद्ध छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, वरुण स्थित सडक अवरुद्ध भएको छ । त्यस्तै कोशी राजमार्गकै मकालु गाउँपालिका–३, एकुवामा पनि पहिरोले सडक पूर्ण अवरुद्ध छ ।
यता रसुवामा आएको बाढीका कारण नेपाल–चीन नाका जोड्ने सडकखण्ड गत असारदेखि नै अवरुद्ध छ । यी सडक अवरुद्ध जनजीवन र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या आएको छ ।






