आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ असोज ७ गते मङ्गलबार

इ.सं. :         23th September 2025 (Tuesday)

सूर्योदय:       बिहान ५:५३ बजे

सूर्यास्त:        बेलुका १७:५७ बजे

तिथि :          द्वितीया २६:४९ सम्म, तत्पश्चात् तृतीया

पक्ष :            आश्विन शुक्लपक्ष

नक्षत्र :          हस्ता १३:१७ सम्म, तत्पश्चात् चित्रा

योग :            ब्रह्म २१:०६ सम्म, तत्पश्चात् ऐन्द्र

करण :          बालव १४:०२ सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि:       कन्या २६:२१ सम्म, तत्पश्चात् तुला

ऋतु :             शरद

अयन :           दक्षिणायन

आजको राशिफल

मेष राशि
व्यापार–व्यवसायमा प्रगति हुने छ । जग्गा कारोबार लाभदायक रहनेछ । सामाजिक सम्मान र जागिरमा प्रशंसा प्राप्त हुने सम्भावना छ ।


वृष राशि
नयाँ लगानी लाभदायक नहुन सक्छ । खर्च वृद्धि र थकानको अनुभव हुनेछ । यात्राबाट अपेक्षित परिणाम नआउन सक्छ ।


मिथुन राशि
उत्साहमा कमी रहनेछ । अरूको लागि गरिएको कामबाट लाभ कम हुनेछ । बोलिचालिमा संयमता आवश्यक छ ।


कर्कट राशि
विगतको प्रयासबाट लाभ मिल्नेछ । थोरै प्रयासले पनि ठूलो उपलब्धि सम्भव छ । कार्यद्वारा अरूलाई पनि फाइदा पुग्नेछ ।


सिंह राशि
कडा मिहिनेतपछि सफलता मिल्नेछ । दीर्घकालीन योजना कार्यान्वयनको समय हो । धैर्यपूर्वक काम गर्नु हितकर हुनेछ ।


कन्या राशि
दाम्पत्य सम्बन्धमा समृद्धि आउनेछ । आम्दानीमा वृद्धि हुनेछ । यात्रा र धार्मिक क्रियाकलापमा सहभागी हुने सम्भावना छ ।


तुला राशि
धार्मिक–सामाजिक कार्यमा संलग्नता देखिन्छ । कृषिकर्म र बन्दव्यापारबाट आय सम्भव छ । उत्साहमा कमी देखिन सक्छ ।


वृश्चिक राशि
आर्थिक लाभ मिल्नेछ । रोकिएको रकम फिर्ता हुने संकेत छ । पढाइमा प्रगति र नयाँ कार्यको अवसर प्राप्त हुनेछ ।


धनु राशि
विवादमा सफलता मिल्न सक्छ । कार्यक्षेत्रमा असहमतिका अवस्था आउन सक्छन् । यात्राको सम्भावना र स्वास्थ्य सुदृढ रहनेछ ।


मकर राशि
स्वास्थ्यमा चुनौती देखिन्छ । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । साथीभाइसँगको भेटघाट सुखद् हुनेछ ।


कुम्भ राशि
मानसिक तनाव बढ्न सक्छ । योजना अनुसार काम नगरी नुकसानको सम्भावना रहन्छ । अनावश्यक खर्चमा नियन्त्रण आवश्यक छ ।


मीन राशि
स्वास्थ्य सबल रहनेछ । अध्ययन, प्रतियोगिता र व्यवसायमा सफलता मिल्नेछ । पारिवारिक सहयोग र धार्मिक यात्रा फलदायी रहनेछ ।