नगदेश भैरबको जात्रा सम्पन्न

१२ वर्षपछि पुनर्जीवित भएको नगदेश भैरबको जात्रा सम्पन्न भएको छ । गएको सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नगदेश परिक्रमापछि सम्पन्न भएको हो ।

तान्त्रिक तथा नेवार परम्परामा आधारित सांस्कृतिक नाचमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरि पाँच देवगणहरुले विषेश प्रकारको नाच प्रस्तुत गरिन्छ । 

नेवार समुदायले बजाउने धाँ वाजा, भुस्या बाजा, पुंगा लगायतका बाजाको तालमा भैरब लगायत देवगणहरुले नाच प्रस्तुत गर्ने गरिन्छ । नाचका गुरुका अनुसार सहकाल, रोगव्याधीबाट बच्न-बचाउन तथा प्राकृतिक प्रकोप जस्ता विपदमा बच्न यो नाच प्रस्तुत गर्ने गरिन्छ ।