साउन महिनाको तेस्रो सोमबार आज देशभरका शिवालयमा भक्तजनको भीड

साउन महिनाको तेस्रो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ ।

पशुपति क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।