पूर्व सचिव भीम उपाध्यायको चेतावनी: विदेशीको इसारामा हिन्दू धर्मविरुद्ध घृणा फैलाउने प्रयास?

काठमाडौं – पूर्व सचिव भीम उपाध्यायले हालै सामाजिक सञ्जालमार्फत नेपालमा हिन्दू धर्मविरुद्ध भइरहेको गतिविधिप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले विदेशी शक्तिहरूको इशारामा नेपालमा हिन्दू धर्ममाथि प्रहार भइरहेको आरोप लगाएका छन्।

उनले आफ्नो पोस्टमा उल्लेख गरेका छन्, “८१% हिन्दूहरूको भावना मिच्दै हिन्दू धर्म र भगवानलाई अपमान गर्ने कार्य भइरहेको छ। १.५% बाहिरी शक्तिहरूले नेपालमा धार्मिक अस्थिरता ल्याउने प्रयास गरिरहेका छन्। नेपाल सनातनी हिन्दू राष्ट्र हो, र यो सदैव रहनुपर्नेछ।”

धर्मनिरपेक्षताको आडमा हिन्दू धर्ममाथि प्रहार?

नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेपछि हिन्दू धर्ममाथि योजनाबद्ध हमला भइरहेको उपाध्यायको दाबी छ। उनले भने, “धर्मनिरपेक्षताको नाममा हिन्दू धर्ममाथि प्रहार हुनु स्वीकार्य छैन। नेपालका हिन्दूहरूलाई विभाजन गर्न खोज्ने तत्वहरू सक्रिय छन्, जसले नेपाली सभ्यता र संस्कृति नै धरापमा पार्ने सम्भावना छ।”

जनमत संग्रहको माग उनले नेपाललाई पुन: हिन्दू राष्ट्र बनाउनेबारे जनमत संग्रह आवश्यक रहेको बताएका छन्। “यदि नेपालका ८१% हिन्दूहरूले हिन्दू राष्ट्र चाहन्छन् भने, जनमत संग्रह मार्फत यसको टुंगो लगाइनुपर्छ। नेपालमा हिन्दू धर्म संकटमा परेको छ, र अब सबै हिन्दूहरूले एकजुट हुनुपर्ने समय आएको छ।”

विदेशी हस्तक्षेपको आरोप उपाध्यायले नेपालमा धर्म परिवर्तनको खेल भइरहेको र यसमा विदेशी संस्थाहरूको ठुलो हात रहेको आरोप लगाए। “विदेशी संस्थाहरूले नेपालमा धर्म परिवर्तनको अभियान सञ्चालन गरिरहेका छन्। मठ-मन्दिर तोडफोड गर्ने, हिन्दू देवी-देवताको अपमान गर्ने, र हिन्दू धर्मावलम्बीहरूलाई कमजोर बनाउन विभिन्न षड्यन्त्र भइरहेको छ।”

हिन्दू समाजलाई एकजुट हुन आग्रह उनले हिन्दू धर्मको अस्तित्व जोगाउन सबै हिन्दूहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। “यदि हामी हिन्दू धर्म र हाम्रो परम्परा बचाउन चाहन्छौं भने, हामीले आपसमा सहकार्य गर्नुपर्छ। धार्मिक आस्था र परम्परालाई बचाउने जिम्मेवारी हामी सबैको हो।”

भीम उपाध्यायको यो चेतावनीले नेपालमा धार्मिक बहसलाई नयाँ उचाइमा पुर्याएको छ। अब यो विषयमा सरकार र अन्य पक्षको प्रतिक्रिया के आउनेछ भन्ने चासो बढेको छ।