आइसिसी विश्वकप लिग-२ सिरिजको अभ्यासका लागि हाल श्रीलंकामा रहेको नेपाली टिमले आज तेस्रो तथा अन्तिम म्याच खेल्ने तालिका छ ।
नेपाल र श्रीलंका डेभलपमेन्ट-११ बीचको खेल बिहान १०ः१५ देखि सुरु हुनेछ ।यो अभ्यास खेल नेपालको आगामी आइसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीको रुपमा रहेको छ।
यसअघि, नेपाली टिमले खेल्नुपर्ने पहिलो र दोस्रो अभ्यास खेल अप्रत्याशित बर्षाका कारण रद्द भएका थिए।