रेडियो नेपालकाे कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

6

रेडियाे प्रसार सेवा विकास समिति (रेडियो नेपाल)को कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

कार्यकारी निर्देशकका लागि २२ जनाले आवेदन दिएकोमाे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित छनाेट समितिले लामासहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो ।

उनीहरू मध्येबाट मन्त्रिपरिषद्ले लामालाई नियुक्त गरेको हो । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्षअघि अवकाश लिएका थिए ।

समन्धित समाचार