काठमाडौं महानगरले ७ वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई पठायो पत्र

16

काठमाडौं महानगरपालिकाले सात वटा सहकारीलाई अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पत्र पठाएको छ ।

४० वटा सहकारीको अनुगमन गर्दा सात वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि पत्र पठाएको महानगरले जनाएको छ । अनुसन्धानका लागि लेखी पठाएका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् ।

बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले ब्युरोमा पठाइएको हो । सञ्चालनमा भएका सहकारीहरूमा स्वनियमको पालना, लोकतान्त्रिक नियन्त्रण प्रणाली, एकाधिकार, लगानीका क्षेत्र, सिद्धान्तको अनुसरण जस्ता पक्षमा कमजोरी देखिएको छ ।

२०८० चैत १६ गतेदेखि २०८१ असार ७ गतेसम्म गरिएको अनुगमन र त्यसका आधारमा तयार पारिएको प्रतिवेदनले यो अवस्था देखाएको हो ।

समन्धित समाचार