रूसले युक्रेनी सहर पोल्टाभामा मंगलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार यो आक्रमण दुई देशबीचको साढे दुई वर्षको युद्ध अवधिकोे सबैभन्दा घातक आक्रमण हो ।रूसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको किभले जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रूसी पक्षलार्ई जवाफदेही बनाउने वाचा’ गरेका छन् भने उद्धारकर्ताहरूले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन् । आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरूको ज्यान बचाउनका लागि यथाशक्य प्रयास गरिरहेको जेलेन्स्कीले बताएका छन् ।
यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायत लगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गरेका छन् ।