बाढीले गरेको विनाश रोक्न नसकेको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई फाँसी

8 2

उत्तर कोरियामा हालै ३० जना अधिकारीलाई एकैसाथ मृत्युदण्ड दिइएको छ । बाढीले गरेको विनाश रोक्न नसक्नु नै उनीहरूको अक्षम्य गल्ती भयो ।

तर ती अधिकारीहरूमाथि भ्रष्टाचारको आरोप पनि लागेको बताइएको छ । बाढीका कारण भएको विनाश देखेर किम यसरी भड्किए कि उनले ३० जना अधिकारीलाई एकै ठाउँमा झुन्ड्याए । न्यूयोर्क पोस्टमा छापिएको खबरअनुसार किमले बाढी प्रभावित क्षेत्रको भ्रमण पनि गरेका थिए ।

बाढीको वितण्डा देखेर उनी रिसले आगो भए । बाढीमा परेर ४ हजार मानिसको ज्यान गएपछि उनी दुःखी बनेका थिए । बाढीमा लापरबाही गरेको आरोपमा किमले तत्कालै ३० जना अधिकारीलाई फाँसी दिए । तर, हालसम्म उत्तर कोरियाले मृत्युदण्डको सजाय सुनाएको पुष्टि भने भएको छैन ।

यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किमले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको बताएको थियो । यो बाढीमा झण्डै ४ हजार मानिसले ज्यान गुमाएका थिए भने १५ हजारभन्दा बढी घरबारविहीन भएका थिए ।

समन्धित समाचार