काठमाडौंमा एक बालक खोलामा बगेर बेपत्ता

23

छाता टिप्न जाँदा मङ्गलबार साँझ काठमाडौंमा एक बालक खोलामा बगेर बेपत्ता भएका छन्‌ ।

विष्णुमतीको शाखा नागिन खोलाले बगाउँदा रसुवा उत्तरगया गाउँपालिका घर भई पुरानो गुहेश्वरीमा बसोबास रहेका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका हुन्‌ । दिउँसोदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश खोलाको सतह यतिखेर निकै बढेको छ । नागिन खोलाको सतह पनि सडक नजिक आइपुगेको थियो ।

छाता खसेपछि टिप्न खोज्दा विमललाई बगाएको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

समन्धित समाचार