मोटरसाइकलमा आगजनी गरेको अभियोगमा अमृत पक्राउ

bike fire

गोरखा, ११ भदौ- गोरखा नगरपालिका(५ पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरी राखेको सोही नगरपालिका(७ मान्द्रेढुङ्गा बस्ने गणेश पाण्डेको लु।२६ प ८७९८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको अभियोगमा सोही नगरपालिका(९ ठिमुरेश्वाँरा बस्ने १९ वर्षीय अमृत कुवँरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अमृतले उक्त मोटरसाइकलमा आगजनी गर्दा मोटरसाइकल पूर्णरुपमा क्षति भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

समन्धित समाचार