एन्फा महिला लिगमा बागमती युथ क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती युथ क्लबले विजयी सुरुवात गरेको हो । बागमतीले सुदूरपश्चिमलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।
एन्फाको आयोजनामा हिजोबाट सुरु लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत सिंगल राउन्ड रोबिनको आधारमा ४५ खेल हुने र सिंगल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टिमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाले जनाएको छ । सुपर लिगका उत्कृष्ट चार टिमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछन्। प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।